नेपाली चलचित्र "माइतीघर" को बडा दशैंमै प्रदर्शन
नेपाली चलचित्र "माइतीघर" को बडा दशैंमै प्रदर्शन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २३ साउन। बडा दशैं २०८२ अगावै बहुप्रतिक्षित चलचित्र "माइतीघर" यस असोज १३ गते (सेप्टेम्बर २९, फुलपातीको दिन) देखि देशभरका सिनेमाघरहरूमा प्रदर्शनमा आउनेभएको छ । जापान निवासी एनआरएनए नेता रोबिन प्रसाद शेरचन र धिरज तामाङद्वारा निर्मित तथा मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मले "छोरीको जन्मघर उसको घर होइन, माइतीघर हो" भन्ने शक्तिशाली भावनालाई नयाँ रूपमा उठाएको छ।
ऐतिहासिक रिमेक: सन् १९६६ को लोकप्रिय फिल्म "माइतीघर" को आधुनिक संस्करण, जसमा सुपरहिट गीत "प्राण भन्दा प्यारो माइतीघर" पनि समावेश छ। नेपाली समाजमा छोरी र माइतीघरको अटूट बन्धनलाई मार्मिक रूपमा चलचित्रले चित्रण गरिएको बुझन सकिन्छ । प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरी, धिरज मगर लगायतका चर्चित कलाकारहरूको उत्कृष्ट अभिनय र बडा दशैं पर्व उत्सवसँगको मौसममा हुने चलचित्र प्रदर्शनले ठूलो सफलता हात पर्ने देखिन्छ ।
प्रतिक्रिया