२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गीतकार गणेश उप्रेतीको तीज गीत “ए साथी सँगि हो” सार्वजनिक (भिडियोसहित)

गीतकार गणेश उप्रेतीको तीज गीत “ए साथी सँगि हो” सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं, २९ साउन । हरितालिका तीजको अवसरमा गीतकार गणेश उप्रेतीको नयाँ तीज गीत “ए साथी सँगि हो” सार्वजनिक भएको छ। गायिका पुनम गुरुङको सुमधुर आवाजमा सजिएको यो गीतको लिरिकल भिडियो एरीना इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो। गीतको शब्द गणेश उप्रेतीले लेखेका हुन् भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्। गीतको निर्माण करुणा कंडेलले गरेकी हुन्। तीज पर्व हिन्दु नेपाली महिलाहरूको विशेष पर्व हो । जसमा रातो सारी लगाएर माइती घरको आँगनीमा दिदीबहिनीहरू भेला हुने, नाचगान गर्ने, दर खाने र भगवान् शिवको आराधना गर्ने परम्परा रहिआएको छ। यही सांस्कृतिक र धार्मिक भावनालाई आधुनिकता र मौलिकताको सन्तुलनमा प्रस्तुत गरिएको यस गीतमा पाउन सकिने विश्वास गीतकार उप्रेतीले व्यक्त गरेका छन्। रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नेपाली संस्कृतिको मिठास झल्किने शब्द र लय समेटिएको छ। एक दशकदेखि गीतसंगीतमा सक्रिय उप्रेतीका “तिम्रो दिलको”, “लगन जुरेर”, “लाइदेउ माया”, “नजरको गुलेली”, “जाले रुमाल”, “दिल यहाँ” लगायत दर्जनभन्दा बढी लोकप्रिय गीतहरू यसअघि नै श्रोतामाझ आइसकेका छन्। हेर्नुस गीत : https://www.youtube.com/watch?v=gq7iPXv78R8

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij