२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

“तन दिए मन दिए” म्युजिक भिडियोमार्फत निर्देशक सरोज अधिकारीको कमब्याक

“तन दिए मन दिए” म्युजिक भिडियोमार्फत निर्देशक सरोज अधिकारीको कमब्याक

गण्डकी टाइम्स
शुक्रवार, भाद्र ६ २०८२
गण्डकी टाइम्स
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ। निर्देशक सरोज अधिकारीले तीन वर्षपछि नयाँ म्युजिक भिडियो “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा आफ्नो कमब्याक गरेका छन् । विगत १० बर्ष देखी चलचित्र क्षेत्रमा काम गर्दै आएका अधिकारिले पछिल्लो पटक “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरेका हुन् । झापाको कनकाई नगरपालिका २ घर भई हाल युएईमा आफ्नै व्यवसाय सन्चालन गर्दै आएका अधिकारीले यस अघि ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक निर्देशनको रुपमा समेत काम गरि सकेका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा सक्रीय व्यक्ती हुन जस्ले अहिलेसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन्। त्यसैगरी उनले ठूला ब्यानरका सुपरहिट चलचित्रहरू ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र ‘रावायण’ जस्ता प्रोजेक्टमा पनि सहायक निर्देशकका रूपमा आफ्नो प्रभावशाली योगदान दिइसकेका छन् । यस म्युजिक भिडियोबाट कलाकार चिरञ्जीवी अधिकारीको समेत कमब्याक भएको छ । करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी म्युजिक भिडियो “तन दिए मन दिए” मार्फत पुनः अभिनय क्षेत्रमा देखिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij