कांग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै एनएमए अध्यक्षमा फुर ग्याल्जे शेर्पा बिजयी
कांग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै एनएमए अध्यक्षमा फुर ग्याल्जे शेर्पा बिजयी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ८ भदौ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर ग्याल्जे शेर्पा विजयी भएका छन् । शेर्पाले निकटतम प्रतिस्पर्धी कुल बहादुर गुरुङलाई पराजित गर्दै बिजयी भएका हुन् ।
शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
शेर्पा समूहले कांग्रेस-एमाले र एकीकृत समाजवादीको सयुक्त गठबंधनलाई पराजित गरेको हो । शेर्पालाई माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतले समर्थन गरेका थिए ।
प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक फुर गेल्जे शेर्पा समूहले जित निकालेको छ
कसको मत कति:
अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
द्धितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(कोषाध्यक्षको बराबरी भएकाले आधा-आधा कार्यकाल)
सदस्य (विजयी)
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७
प्रतिक्रिया