चीनले ल्यायो नयाँ नियम : विद्यार्थीलाई धेरै गृहकार्य दिन नपाइने, बारम्बार परीक्षा लिन रोक
चीनले ल्यायो नयाँ नियम : विद्यार्थीलाई धेरै गृहकार्य दिन नपाइने, बारम्बार परीक्षा लिन रोक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १२ चैत । चीन सरकारले विद्यालयहरूका लागि नयाँ निर्देशिका जारी गरेको छ । विद्यार्थीहरूमाथि हुने शैक्षिक दबाब कम गर्न र उनीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउन कडा निर्देशिका जारी गरिएको जनाइएको छ ।
नयाँ नियमअनुसार, विद्यालयहरूले अब विद्यार्थीलाई अतिरिक्त गृहकार्य दिएर बोझ थप्न पाउने छैनन् । गृहकार्यको मात्रालाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ ।
यसका साथै परीक्षाको संख्यामा कटौती गरिएको छ । विद्यार्थीहरूलाई मानसिक तनाव दिने गरी बारम्बार लिइने परीक्षाहरू अब हुने छैनन् ।
प्रतिक्रिया