२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

गण्डकी टाइम्स
शनिवार, भाद्र २७ २०८३
गण्डकी टाइम्स
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ, २७ भदौ। पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ ।

    फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्‍यो । उसले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो । उसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

    तेस्रो सेट अन्नपूर्णले २५–१८ ले जित्दै इतिहास रच्यो । ऊ अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको थियो ।

    प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ । पहिलो संस्करणको एनभिएलमा छ टोलीको सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij