२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
  • जापान । पूर्वीजापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चारजना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।

    प्रहरी र अग्नि नियन्त्रकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन् । सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा गराएको थियो । वर्षाका कारण पहिरो र नदीमा बाढी आउनुका साथै टोकियो आसपासका क्षेत्रमा, विशेषगरी चिबा प्रिफेक्चरमा ठूलो क्षति पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij