२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उडिरहेको विमानमा मृत्युको छायाँ, यानिभले सम्हाले ककपिट

उडिरहेको विमानमा मृत्युको छायाँ, यानिभले सम्हाले ककपिट

गण्डकी टाइम्स
बिहिवार, आश्विन १५ २०८३
गण्डकी टाइम्स
बिहिवार, आश्विन १५ २०८३
  • एजेन्सी। दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा अचानक ठूलो संकट आयो। करिब १७४ यात्रु बोकेको विमानमा दुई पाइलटमध्ये एकले अर्कामाथि चक्कु प्रहार गरेपछि विमान तीव्र रूपमा तल झर्न थाल्यो।

    विमानले आपत्कालीन संकेत पठाएपछि यात्रुहरूमा त्रास फैलियो। यही बेला यात्रु यानिभ हायुन र चालकदलका एक सदस्य ककपिटतर्फ पुगे। हायुनका अनुसार, घाइते पाइलट ककपिटको ढोकानजिकै भएकाले ढोका खोल्न कठिन भयो। बेहोस हुनुअघि उनले नै ढोका खोल्न सफल भए।

    ककपिटभित्र पुग्दा हायुनले एक व्यक्ति विमानका उपकरण बिगार्ने प्रयास गरिरहेको देखे। उनले अर्का यात्रुसँग मिलेर ती व्यक्तिलाई समाते र ककपिटबाट बाहिर ताने। त्यसपछि अन्य यात्रुले पनि उनलाई नियन्त्रणमा लिए।

    विमानको अगाडिको भाग तलतिर झरिरहेको अवस्थामा हायुनले नियन्त्रण सम्हाल्ने प्रयास गरे। उनले आफूले विमान दुर्घटनासम्बन्धी अनुसन्धानका भिडियोहरू हेर्ने गरेको बताउँदै विमानलाई माथितर्फ ल्याउन नियन्त्रण पछाडि ताने।

    अन्ततः विमान साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण भयो र सबै यात्रु सुरक्षित रहे। घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हायुनलाई भेटेर उनलाई ‘नायक’ भनेर सम्बोधन गरे।

    आकाशमै ज्यान जाने अवस्था आउँदा पनि हायुनले देखाएको साहसले धेरै यात्रुको ज्यान जोगाउन सहयोग गर्‍यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij