२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

“मेरा छोरीहरूले अँगालो हालिन्, हामीले अन्तिम बिदाइ गर्‍यौँ”: फ्लाईदुब विमानभित्रको त्यो त्रासदीपूर्ण क्षण

“मेरा छोरीहरूले अँगालो हालिन्, हामीले अन्तिम बिदाइ गर्‍यौँ”: फ्लाईदुब विमानभित्रको त्यो त्रासदीपूर्ण क्षण

गण्डकी टाइम्स
बिहिवार, आश्विन १५ २०८३
गण्डकी टाइम्स
बिहिवार, आश्विन १५ २०८३
  • एजेन्सी । दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा अचानक तीव्र रूपमा तल झर्न थालेपछि यात्रुहरूमा ठूलो त्रा स फैलियो। आफ्ना छोरीहरू र पार्टनरसँग विमानमा रहेकी गेयरले त्यो क्षण आफूहरूले मृ*त्यु आँखैअगाडि देखेजस्तो लागेको बताइन्।

    विमान असामान्य रूपमा तल झर्न थालेपछि छोरीहरूले उनलाई अँगालो हाले। परिवारका सदस्यहरूले एकअर्कालाई अन्तिमपटक माया व्यक्त गर्दै ‘बिदाइ’ गरे।
    विमानभित्र यात्रुहरू चिच्या*इरहेका थिए, सामान राख्ने क्याबिनेटहरू खुल्न थालेका थिए भने बत्ती, सञ्चार प्रणाली र यात्रु स्क्रिनसमेत बन्द भएका थिए।

    “मेरा छोरीहरूले मलाई अँगालो हाले र हामीले एकअर्कालाई बिदाइ मात्र गर्‍यौँ,” गेयरले भनिन्। “हामीले मृ*त्युलाई आँखैअगाडि देखिरहेका थियौँ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij