२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान

गण्डकी टाइम्स
शुक्रवार, आश्विन २३ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएकाे छ । यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो । तयारी पूरा भएसँगै आज मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

    नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij