२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले बुढीगण्डकी थुनिँदा बाढीको वितण्डा

पहिरोले बुढीगण्डकी थुनिँदा बाढीको वितण्डा

गण्डकी टाइम्स
आइतवार, आश्विन २५ २०८३
गण्डकी टाइम्स
आइतवार, आश्विन २५ २०८३
  • गोरखा, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

    बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।

    प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij