२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

गण्डकी टाइम्स
बिहिवार, जेठ २४ २०७५
गण्डकी टाइम्स
बिहिवार, जेठ २४ २०७५
  • सिंगापुर, २३ जेठ एएफपी ।  सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो । यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ । सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् । गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो । वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो । उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाउनुभएको थियो । वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफलहरू तीव्ररूपमा भइरहेका छन् । विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij