२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

तपाई अमेरिका जान चाहनुहुन्छ ? यसरी लाग्छ भिषा

तपाई अमेरिका जान चाहनुहुन्छ ? यसरी लाग्छ भिषा

गण्डकी टाइम्स
मंगलवार, माघ २२ २०७५
गण्डकी टाइम्स
मंगलवार, माघ २२ २०७५
  • काठमाडौँ ।  विश्वकै महाशक्ति राष्ट्र अमेरिकाको भ्रमण भिसा (प्रवेशाज्ञा) प्राप्त गर्नु गरीब देशहरुका नागरिकका लागि झन्झटको विषय रहिआएको छ । भिसा प्राप्त गर्ने योग्यता हुँदाहुँदै पनि सानो गल्तिका कारण आवेदक भिसा प्राप्त गर्न अयोग्य हुन सक्छन् । भिसाका लागि व्यवसायीक र व्यापारीक हैसियत, ख्याती, भ्रमणका लागि प्रशस्त पैसा रहेको आधार र फर्केर आउने सुनिश्चितता खोज्छन् । अमेरिकी अध्यागमन र राष्ट्रियता ऐनले तोकेको योग्यता दूतावासका भिसा अधिकारीसमक्ष पुष्टि गर्न सकेपछि मात्र अमेरिकाको पर्यटन भिसा प्राप्त गर्न सकिन्छ । खासगरी भिसा जारी गर्दा तपाईंको व्यवसायीकता, ख्याती, आर्थिक हैसियत, जानुपर्ने आधार, फर्केर आउने सुनिश्चिततालाई केन्द्रमा राखेर निर्णय लिइन्छ । आफ्नो यात्राको पुष्टि गर्दा निम्न लिखित बुँदाहरु भिसा कन्सुलरलाई प्रस्टाउन सक्नुपर्छ । – अमेरिका भ्रमण गर्नुको उद्देश्य के हो ? तपाईं व्यापार गर्न चाहनुहुन्छ, पर्यटनका लागि, उपचार गर्न या अन्य के कामले अस्थायी भ्रमणको जरुरी छ ? – तपाईं जानैपर्ने कुनै विशिष्ट कारण र भ्रमण अवधिको मूल्यांकन । – तपाईंको अमेरिका भ्रमणको खर्चको आधार र प्रमाण । – तपाईंको अमेरिकासँगको बाध्यकारी सामाजिक वा आर्थिक सम्बन्ध , भिसा कन्सुलरलाई तपाईं फर्कनुहुन्छ भन्ने सुनिश्चित हुनु आवश्यक छ । – कुनै व्यक्तिको आफ्नो घरायसी काम गर्ने कर्मचारीहरु जल या हवाइ चालक दलका सदस्यहरु पनि भिसाका लागि योग्य हुन्छन् । केही विदेशी नागरिकहरूलाई अध्यागमन र राष्ट्रियता ऐन अनुसार भिसाको लागि अयोग्य हुन सक्छन् । तपाईंले अध्यागमन, राष्ट्रियता ऐन र भिसा अयोग्यताको बारेमा थप जानकारीका लागि खबरहबलाई निरन्तर हेर्दै गर्नुहोला । यी र यस्तै विविध विषमा पाठकलाई हामी निरन्तर जारकारी प्रदान गर्ने छौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij