२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा

गण्डकी टाइम्स
बिहिवार, बैशाख २६ २०७६
गण्डकी टाइम्स
बिहिवार, बैशाख २६ २०७६
  • काठमाडौं, २७ वैशाख । गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए । उनीसँग नेपालको भिसा छैन । नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन । तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन् । अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ । घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij