२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ठमेललाई पर्यटकको निर्विकल्प गन्तव्य बनाउछु : महासचिवका उम्मेदवार अधिकारी

ठमेललाई पर्यटकको निर्विकल्प गन्तव्य बनाउछु : महासचिवका उम्मेदवार अधिकारी

गण्डकी टाइम्स
शुक्रवार, जेठ २४ २०७६
गण्डकी टाइम्स
शुक्रवार, जेठ २४ २०७६
  • काठमाडौँ, २४ जेठ ।  ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी २ वर्षे कार्यकालका हुने शनिबार हुने निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका हुन् । विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेका बताए । ‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने । उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् । उनले ठमेलको गरिमा बढाउन आफुलाई मतादन गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा खडा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij