२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न

लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न

गण्डकी टाइम्स
सोमवार, आषाढ १६ २०७६
गण्डकी टाइम्स
सोमवार, आषाढ १६ २०७६
  • बुटवल, १६ असार ।  लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत ठाउँ–ठाउँमा रोड सो सम्पन्न भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् । आइतबार मात्रै ४ दिनको पश्चिम नेपालको रोड–सो सकेर फर्किएको व्यवसायीले जनाएका छन् । तेस्रो चरणको रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई उनीहरुमार्फत स्थानीयलाई निम्ता दिइएको कार्यक्रम संयोजक एवं सिद्धार्थ होटल एशोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए । बिहीबार लुम्बिनीबाट सुरु गरि पश्चिम नेपालको कंचनपुरसम्मका स्थानीय सरकार, प्रदेश सरकार र आम नागरिकलाई निमन्त्रणा गरि फर्किएको घिमिरेले जनाए । लुम्बिनीसहित कपिलवस्तु, नवलपरासी र अन्य स्थानमा रहेका बुद्ध जिवनीमा आधारित क्षेत्रहरूको प्रबद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत रोड–सो कार्यक्रम पश्चिम नेपालमा विभिन्न एक दर्जन ठाउँमा गरिएको हो । संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुर्याउने र प्रदेश पाँचलाई मुलुककै पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित लुम्बिनी भ्रमण घोषणा गरि मनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले बताए । प्रदेश सरकारले भ्रमण वर्षभर करिब २० लाख पर्यटक लुम्बिनी ल्याउने लक्ष्य लिएको छ । रोड सो अन्तर्गत बर्दियामा पर्यटन व्यवसायीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले बर्दिया र लुम्बिनीलाई जोडेर पर्यटन विकास गर्दा आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । बर्दियाको बाघ हेर्ने आउने पर्यटक र लुम्बिनी आउने पर्यटक एकअर्का ठाउँमा आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सके प्रदेश समृद्धिको आधार तयार हुने पर्यटन विकास मंच बर्दिया अध्यक्ष मोहन चौधरीले बताए । ‘प्रदेश पाँचका मुख्य गन्तव्य भनेकै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज हुन्, यी दुबै ठाउँको फरकफरक विशेष छ, त्यसैले हरेक हिसावले यी ठाउँ जोडेर अन्य गन्तव्यको विकास गर्नुपर्छ’, उनले भने । उनले पर्यटन प्रवद्र्धन गर्नका लागि राज्यले अझै ध्यान दिनुपर्ने बताए । विश्वका पर्यटकको ध्यान लुम्बिनी र बर्दिया निकुञ्जमा पुर्याउनका लागि सरकार र निजी क्षेत्रले अझै सहकार्य गर्नु पर्ने मंचका सचिव रेशम थापाले बताए । यसअघि पहिलो चरणमा पाल्पा, पोखरा हुँदै काठमाडौंसम्म र दोस्रो चरणमा पूर्वी नेपालमा रोड–सो गरिएको थियो । चौंथो चरणअन्तर्गत् साउन–भदौतिर भारतको कुशिनगर, सारनाथ लगायतका क्षेत्रमा रोड–सो कार्यक्रम गर्ने प्रदेश सरकारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij