छविराजविरुद्ध पत्नी शिल्पाको प्रहरीमा उजुरी
छविराजविरुद्ध पत्नी शिल्पाको प्रहरीमा उजुरी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा सेलेब्रेटी विवाह बन्धनमा बाँधिएका जोडी प्राय कम छन् । त्यहि बीचका एक जोडी हुन् छविराज ओझा र शिल्पा पोखरेल । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाले तीन बर्ष अघि विवाह गरेका हुन् ।
रेखा थापाको विकल्पमा छविराज ओझाले नायिका शिल्पा पोखरेललाई फिल्ममा स्थान दिदै आएका थिए । लज्जाबाट शिल्पालाई छविराजले नेपाली फिल्म क्षेत्रमा भित्राएकी हुन् । त्यस लगतै छविले शिल्पाकै नाममा फिल्म निर्माण समेत गरे ।
आधा दर्जन फिल्म शिल्पाकै नाममा निर्माण भएका छन् । शिल्पा पोखरेल प्रस्तुतकर्ता तथा कार्यकारी निर्माता रहने गरि फिल्म निर्माण हुदै आएका थिए । तीन बर्ष अघि विवाह गरेका यी जोडीले मिडियालाई भने जानकारी लुकाउँदै आएका थिए । केही कार्यक्रमहरुमा १ बर्ष यता विवाह स्विकार्दै आएका हुन् ।
दुई जना बीच २ बर्षदेखि सामान्य मनमुटाव शुरु हुँदै आएको थियो । १ बर्षदेखि यी जोडी खास बोलचालमा छैनन् । सार्वजनिक कार्यक्रममा एकसाथ देखिने यो जोडी केही समययता देखिन छाडेका हुन् ।
दुईबीचको उमेर दुरी पनि निकै अन्तर छ । दुबैको सोच पनि एकसाथ मिल्न नसकेको कारण विवाद शुरु भएको मान्न सकिन्छ । शिल्पा आमासँग रहँदै आएकी छिन् । छविको घरमा शिल्पा नबसेपछि विवाद ठुलो हुँदै गएको थियो ।
यता लगातार फिल्म व्यापारमा घाटा लाग्दै गएपछि छविराजले फिल्म निर्माणमा केही कटौटी गरेका छन् । उनीहरुद्धारा निर्माण गरिएको फिल्म दुई बर्ष अघि रिलिज भएको हो । त्यसयता फिल्म निर्माण गरिएको छैन ।
बाहिरी ब्यानरमा पनि शिल्पा खासै रुचाउँदिनन् । लगातार फुर्सदमा रहँदै आएका यो जोडी बीच घर सल्लाह तथा व्यवासायको बीचमा शुरु भएको विवादले ठूलो रुप लिएपछि शिल्पा न्याय खोज्दै प्रहरी परिसर काठमाडौं पुगेकी बताईएको छ ।
यस विषयमा दुबैको धारणा आउन बाँकी छ । सम्पर्कमा नआएकी यी दुईबीच प्रहरी परिसरले छलफल चलाईरहेका छन् । शिल्पाका पारिवारीक स्रोतका अनुसार उनी सम्बन्ध विच्छेद गर्न चाहन्छिन् । तर, छविराजले भन्ने सामान्य घर सल्लाहमा विवाद पहिलेदेखिनै भएको बताउँदै आएका छन् ।
अभिनेत्री रेखा थापासँग दोश्रो विवाह गरेका छविले सम्बन्ध विच्छेद गरेर शिल्पासँग तेश्रो विवाह गरेका हुन् । छविको पहिलो पत्नीबाट छोरा साकार ओझा रहेका छन् ।
प्रतिक्रिया