२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

को हुन् साम्राज्ञीसंग मस्ती गर्ने यी युवक ?

को हुन् साम्राज्ञीसंग मस्ती गर्ने यी युवक ?

गण्डकी टाइम्स
शनिवार, श्रावण ४ २०७६
गण्डकी टाइम्स
शनिवार, श्रावण ४ २०७६
  • काठमाडौँ ।  लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेकीछिन् । केही समय अगाडीसंग व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा पुगिन् । लगत्तै उनी देवाङ्कस राणाको प्रेममा परिन् । सुरुमा त उनले देवाङ्कसलाई मिडियासामु ल्याउँने हिम्मत नै गरिनन् । आफनो फिल्मको घोषणा र प्रिमियरमा प्रेमीलाई साथै लिएर जाने साम्राज्ञीले बिस्तारै बिस्तारै सामाजिक सञ्जालमार्फत आफनो प्रेमीलाई सार्वजनिक गर्न थालिन् । उनीहरुको प्रेमले सिने बजार निकै तात्यो तर उनीहरुको प्रेमले सिनेबजार के तातेको थियो र अहिले उनीहरुको तस्बिरले जति तताएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवाङ्कस र साम्राज्ञी छुट्टी मनाउँन इन्डोनेशियाको बाली पुगेकीछिन् । जहाँ उनले आफनो प्रेमीसंग नितान्त व्यक्तिगत समय बिताएकीछिन् । जहाँ तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । जुन तस्बिरमा साम्राज्ञी र देवाङ्कस निकै मदहोष देखिएका छन् । बालीको एक समुन्द्री किनारमा खिचिएको उक्त तस्बिरहरुमा बिकिनीमा रहेकी साम्राज्ञीलाई देवाङ्कसले ओठ, छातीको बीच र कम्मर पछाडी चुमेका छन् । साम्राज्ञीले नै ती तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन तर तस्बिर पोस्ट भएपछि साम्राज्ञीले ताली भन्दा गाली धेरै खाईन् । गाली खाएपछि उनले ती तस्बिरहरु डिलिट गरिन तर उनको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij