२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शृंखला पुगिन् युरोपको शिखरमा

शृंखला पुगिन् युरोपको शिखरमा

गण्डकी टाइम्स
शुक्रवार, श्रावण १० २०७६
गण्डकी टाइम्स
शुक्रवार, श्रावण १० २०७६
  • काठमाडौँ ।  पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन् । खतिवडाले बुधबार उक्त पर्वत आरोहण गरेर दुवै देशको झण्डा गाडेकी काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ । फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने मोन ब्ला हिमालको उचाइ ४ हजार ८ सय १० मिटर छ । नेपालसँग दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने क्रममा फ्रान्सको निमन्त्रणामा खतिवडा त्यहाँ गएकी थिइन् । फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर युरोप पुगेकी खतिवडाले पर्यटकलाई नेपाल जान सन्देश दिँदै साइकल यात्रासमेत गरेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij