२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चर्चित गायक उदीत नारायण झालाई ज्यान मार्ने धम्की

चर्चित गायक उदीत नारायण झालाई ज्यान मार्ने धम्की

गण्डकी टाइम्स
सोमवार, श्रावण १३ २०७६
गण्डकी टाइम्स
सोमवार, श्रावण १३ २०७६
  • एजेन्सी । चर्चित गायक उदीत नारायण झालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । झाले आफूलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको बताए । प्रहरीका अनुसार झालाई बिहारको एक नम्बरबाट फोन आएको थियो । उक्त नम्बर चोरीको भएको बताइएको छ । उक्त नम्बर झाका सुरक्षा गार्डले प्रयोग गरेका थिए । तर, फोन चोरी भएको थियो । तीन महिनाअघि बिहार जाँदा फोन हराए पनि ती सुरक्षा गार्डले प्रहरीमा रिपोर्ट गरेका थिएनन् । झाले आफूलाई बारम्बर एउटै नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको प्रहरीलाई बताएका छन् । धम्कीपछि झा निवासमा सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij