२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बैंकले निषेधाज्ञामा जरिवाना लिन नपाउने

बैंकले निषेधाज्ञामा जरिवाना लिन नपाउने

गण्डकी टाइम्स
मंगलवार, जेठ ४ २०७८
गण्डकी टाइम्स
मंगलवार, जेठ ४ २०७८
  • काठमाडौं, ४ जेठ । काठमाडौं । निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै अक्सिजनसँग सम्बन्धित उद्योगले ऋण सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु वर्षको तेस्रो त्रेमासिक मौद्रिक समीक्षा गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट , अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा नै कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । अब लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij