२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

कोरोना प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

गण्डकी टाइम्स
शुक्रवार, जेठ १४ २०७८
गण्डकी टाइम्स
शुक्रवार, जेठ १४ २०७८
  • काठमाडौं, १४ जेठ । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् । यो कर छुटको लाभ लिने करदाताको संख्या ५ लाख २० हजार ३ सय ३९ रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आवद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको आव २०७६/७७ को अन्तिम चार महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने रकम १ अर्ब ३ करोड २४ लाख ६ हजार रुपैयाँ समेत नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ । वाषिर्क २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय हुने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ४ लाख ४८ हजार ७ सय ५३ करदाताले रु.१ अर्ब ५२ करोड ३८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् । वाषिर्क २० लाख देखि ५० लाख रुपैंयासम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदाता लाई आय वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएकोमा जम्मा २० हजार ६० करदाताले रु. २१ करोड १८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् । वार्षिक १ करोडसम्मको व्यावसायिक कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ५१ हजार २ सय ४३ करदाताले रु. ४० करोड ४३ लाख कर छुट सुविधा प्राप्त गरेका छन् । होटल, ट्राभल, ट्रेकिङ, यातायात वा हवाइ सेवाको १ करोड रुपैयाँ भन्दा बढी वाषिर्क कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २० प्रतिशत छुटको व्यवस्था गरिएकोमा २ सय ८३ करदातालाई रु. ५ करोड ६३ लाख कर छुट सुविधा प्राप्त गरेका छन् । २.५६ कुनै व्यक्तिले आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकार, प्रदेश वा स्थानीय तहले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वीकृत मापदण्डअनुसारका १७ प्रकारका औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल २०७७ वैशाख १५ गतेसम्म सबैका लागि र त्यसपछि २०७७ जेठ १४सम्मका लागि संघ संस्थाअनुसार छुट दिने व्यवस्था गरिएको थियो । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वीकृत मापदण्डअनुसार सूचीकृत औषधि, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल छुट सुविधा दिइएकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्रसम्म सीआईएफ मूल्य रु. २ अर्ब ६ करोडको औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणमा लाग्ने रु. ३६ करोड ८३ लाख महसुल छुट उपलव्ध गराइएको छ । लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उच्चमीद्वारा सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष पुर्याइएको छ । लघु बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij