२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

२४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

२४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

गण्डकी टाइम्स
बिहिवार, आषाढ ३१ २०७८
गण्डकी टाइम्स
बिहिवार, आषाढ ३१ २०७८
  • साउदी । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् ।

    कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।

    कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् । उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् ।

    नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ । बिसीका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु जावाज (अदालत) पुगेका थिए ।

    अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।

    भोजपुर स्थायी घर भएका अर्का युवा भरत राई अनुसार दुतावासलाई फोन गर्दा उल्टै हामीलाई फोन नगर्नु भन्दै फोन काट्ने गरेको गुनासो गर्छन् । प्यूठानका बिष्णु सुनारले दूतावासका कर्मचारी, राजदूत नै सहयोग गर्न नसक्ने भन्दै पन्छिरहेको गुनासो गर्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij