२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै बढ्यो कोरोना संक्रमित

ह्वात्तै बढ्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
  • काठमाडौँ, २८ भदौ । पछिल्लो २४ घण्टामा १ हजार सय ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको छ । हाल देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन । आइतबार ९ सय ११ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ४८६ जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij