२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं ल्याइँदै

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं ल्याइँदै

गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
  • काठमाडौं, १ असोज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै छ ।

    खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको थियो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए अनुसार खोप आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिएका छन ।

    सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

    सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij