शुक्रबार निको हुने भन्दा कोरोना संक्रमितको संख्या धेरै
शुक्रबार निको हुने भन्दा कोरोना संक्रमितको संख्या धेरै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।
१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १ हजार ५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया