काठमाडौं, २ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५४० नमुनाको पीसीआर टेष्ट गर्दा ८ सय ३५ जना र २ हजार ८१८ जनाको एन्टीजिन टेष्ट गर्दा २३१ जनामा संक्रमण देखिएको हो ।
पछिल्ला २४ घण्टामा १ हजार२३४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।