२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

ह्वात्तै घट्यो कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, आश्विन ३ २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन ३ २०७८
  • काठमाडौं, ३ असोज । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६ सय ५६ र २ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १ हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८७, मोरङमा ९३, सुनसरीमा ७२, कास्कीमा ६१, झापामा ३३, भक्तपुरमा ३२, ललितपुरमा २२, रुपन्देहीमा २१ र चितवनमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij