२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ग्रीन भेञ्चरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

ग्रीन भेञ्चरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २० २०७८
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २० २०७८
  • काठमाडौं, २० फागुन । ग्रीन भेञ्चरको प्राथमिक सेयर (आईपीओ) आवेदन दिने अन्तिम दिन आज सकिँदै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

    उक्त आईपीओमा आज साँझ ५ बजे बन्द हुदैछ । इच्छुक लगानीकर्ताले सो समयसमयमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रतिसेयर लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij