२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रुसी गोलाबारीमा आठ वर्षीय बालकसहित १५ जनाको मृत्यु

रुसी गोलाबारीमा आठ वर्षीय बालकसहित १५ जनाको मृत्यु

गण्डकी टाइम्स
मंगलवार, आषाढ ७ २०७९
गण्डकी टाइम्स
मंगलवार, आषाढ ७ २०७९
  • एजेन्सी । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ। आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने। चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो। रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको थियो। हमलामा चार जना घाइते भएका थिए । त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij