आबेको पोस्टमार्टम रिपोर्ट : एउटै गोली लाग्दा अत्याधिक रगत बगेर मृत्यु
आबेको पोस्टमार्टम रिपोर्ट : एउटै गोली लाग्दा अत्याधिक रगत बगेर मृत्यु
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । जापानी प्रहरीले पूर्वप्रधानमन्त्री आबे सिन्जोको घाँटी मुनिको धमनीमा गोली लागेर अत्याधिक रगत बगरे मृत्यु भएको जनाएको छ । प्रहरीले शनिबार बिहानसम्म आबेको शवको पोस्टमार्टम गरेको थियो।
प्रहरीआ अनुसार गोली आबेको माथिल्लो बायाँ पाखुरामा गएको थियो र उनको कोलरबोन मुनिको रक्तनलीमा क्षति पुगेको थियो। प्रहरीका अनुसार आक्रमणकारीले मार्ने उद्देश्यले नजिकबाट बन्दुक प्रहार गरेको थियो ।
पश्चिमी सहर नाराको रेलवे स्टेशन नजिकै स्टम्प स्पीच गर्ने क्रममा शुक्रबार बिहान आबेको गोली हानी हत्या गरिएको थियो । प्रहरीले घटनामा संलग्न ४१ वर्षीय यामागामी तेत्सुयालाई पक्राउ गरेको छ ।
आक्रमणमा प्रयोग गरिएको बन्दुक आक्रमणकारी आफैले बनाएको र करिब ४० सेन्टिमिटर लामो रहेको प्रहरीले जनाएको छ । उनीहरुले संदिग्धको घरबाट समान विशेषता भएका अरु धेरै बन्दुक बरामद गरेको बताएका छन् । आक्रमण सुनियोजित हुन सक्ने प्रहरीले जनाएको छ । -एनएचके
प्रतिक्रिया