२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदर्शनकारीहरुले निवास घेरेपछि भागे श्रीलंकाली राष्ट्रपति राजापाक्ष

प्रदर्शनकारीहरुले निवास घेरेपछि भागे श्रीलंकाली राष्ट्रपति राजापाक्ष

गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
  • काठमाडौँ, २५ असार । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो । आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् । प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए । प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij