२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

'आबेको सुरक्षाको लागि सुरक्षा प्रोटोकल पालना गर्न प्रहरी असफल भयो'

'आबेको सुरक्षाको लागि सुरक्षा प्रोटोकल पालना गर्न प्रहरी असफल भयो'

गण्डकी टाइम्स
आइतवार, आषाढ २६ २०७९
गण्डकी टाइम्स
आइतवार, आषाढ २६ २०७९
  • काठमाडौँ, २७ असार । जापानका कानून अधिकारीहरूले पूर्वप्रधानमन्त्री आबे सिन्जोको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूले भिआइपीलाई बन्दुक आक्रमणबाट जोगाउन प्रोटोकल पालना गर्न असफल भएको बताएका छन्। पश्चिमी जापानको नारा सहरमा चुनावी भाषण दिने क्रममा शुक्रबार आबेलाई पछाडिबाट गोली हानेर हत्या गरिएको थियो । प्रहरीले नारा निवासी ४१ वर्षीय यामागामी तेत्सुयालाई पक्राउ गरेको छ । यामागामी पछाडिबाट पूर्वप्रधानमन्त्रीको नजिक पुगे र केही मिटर टाढाबाट उनीमाथि दुई गोली हाने। पहिलो राउण्डको झण्डै तीन सेकेण्डपछि दोस्रो राउण्ड गोली चलेको प्रहरीले जनाएको छ । अधिकारीहरूले आबेको सुरक्षा गर्ने सुरक्षाकर्मीहरूले यस्तो अवस्थामा मानिसहरूलाई जोगाउन डिजाइन गरिएको प्रक्रियाहरू पालना गर्न असफल भए। अधिकारीहरूले पहिलो राउन्ड गोली हानेपछि आबेलाई जमिनमा धकेल्नुपर्थ्यो, उनलाई घेरेर गाडी वा अन्य सुरक्षित स्थानमा लैजानुपर्थ्यो। - एनएचके  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij