२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिका-चीन तनाव : आगोसंग खेल्न खोज्नेको नमिठो अन्त्य हुने चीनको चेतावनी

अमेरिका-चीन तनाव : आगोसंग खेल्न खोज्नेको नमिठो अन्त्य हुने चीनको चेतावनी

गण्डकी टाइम्स
मंगलवार, श्रावण १७ २०७९
गण्डकी टाइम्स
मंगलवार, श्रावण १७ २०७९
  • काठमाडौँ, १७ साउन। अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान ओर्लिएपछि अमेरिका र चीनवीच तनाव सुरु भएको छ। चीनको चर्को दबाबलाई बेवास्था गर्दै अघोषित भ्रमणमा पेलोसी ताइवानको सोङसान विमानस्थलमा ओर्लिए पछि चीनको कडा प्रतिक्रिया आएको छ। चीनले आगोसंग खेल्न खोज्नेको नमिठो अन्त्य हुने चेतावनी दिएको छ। सोमबार एसिया भ्रमणमा निस्केकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी छन् । उनी चढेको यूएस सी–४० सी विमान मलेसियाबाट सिधै दक्षिण चीन सागर हुँदै जानुको सट्टा घुमेर फिलिपिन्स सागर माथिबाट ताइवान पुगेको थियो। चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो मार्ग तय गरेको विश्वास गरिएको छ। पेलोसीको विमानलाई ताइवानी सैन्य विमानहरुले एस्कोर्ट गरेका थिए। यो भ्रमणलाई लिएर अमेरिका र चीनबीचको तनाव शिखरमा पुगेको छ। अमेरिका र चीन दुवैले ताइवान जलसन्धिमा सैन्य गतिविधि र तयारी बढाएका छन्। पिपुल्स डेलीले पेलोसी उत्रिनै लाग्दा चिनियाँ एसयू–३५ लडाकु विमानले ताइवान जलसन्धि पार गरेको बताएका छन्। २५ वर्ष यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। चीनले पेलोसीको ताइवान भ्रमणको सबै नतिजाको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी दिएको छ। पेलोसीको ताइवान भ्रमणलाई विश्वले नजिकबाट पछ्याएको छ । जसलाई व्यापक रूपमा उत्तेजक र खतरनाक भनेर वर्णन गरिएको छ। यो अत्यन्त खतरनाक र उत्तेजक कदमको सबै नतिजा वाशिंगटनले भोग्नेछ र यसले चीन-अमेरिका सम्बन्धमा विनाशकारी प्रभाव पार्ने चिनियाँ अधिकारी र विज्ञहरूले चेतावनी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij