२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ताइवाननजिकै चीनले सुरु गर्‍यो सैन्य अभ्यास

ताइवाननजिकै चीनले सुरु गर्‍यो सैन्य अभ्यास

गण्डकी टाइम्स
बुधवार, श्रावण १८ २०७९
गण्डकी टाइम्स
बुधवार, श्रावण १८ २०७९
  • काठमाडौँ, १९ साउन । अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले ताइवान पुगेपछि चीन-अमेरिका सम्बन्धमा संकटमा पुगेको छ । पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान नजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ। बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘पीएलएले ताइवाननजिकै एक संयुक्त सैन्य अभ्यास सुरु गरेको हो। चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ।’ समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ। ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले ताइवान पुगेकी थिइन् र बुधबार दक्षिण कोरिया प्रस्थान गरेकी थिइन्। चीनले निरन्तर पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै आएको थियो। उसले यो भ्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij