प्रकाशमानलाई प्रधानमन्त्री बनाउने अवसर किन गुमाउने ?
प्रकाशमानलाई प्रधानमन्त्री बनाउने अवसर किन गुमाउने ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
युवराज शर्मा
नेपाली राजनीतिमा परिवार तथा व्यक्ति हावि हुने, जनपक्षिय काम भन्दा सत्ता र शक्ति जोगाउन नेताहरु बढि सक्रिय बन्नु, नीति प्रधान होइन, व्यक्ति प्रधान बन्नु, आदि कारणले मानिसहरु दल प्रति सकारात्मक रहिरहन सकेनन्। तर सबै राजनीतिक परिवार तथा व्यक्तिलाई एउटै साँङ्लोमा गाँस्नु कति उपयुक्त हो, वहसको बिषय हो। व्यवस्था परिवर्तनसँगै जनताका असिमित आकाँक्षा थिए, र छन् पनि। ती मध्ये सामुहिक तथा सामुदायिक रुपमा कतिपय पुरा भए, धेरै बाँकी नै छन्। सत्ताको साँचो हातमा लिएको बेला आफ्नो मानिस भन्दा सक्षम र इमानदार मानिसलाई राष्ट्र निर्माणको मार्गमा लगाउन नसक्नु र कतिपय नेताहरु आर्थिक तथा अन्य प्रलोभनमा परेर निर्णय गर्नुका कारण पनि जनताले दलहरुलाई प्रश्न गरेका छन्। जसले प्रश्न गरेका छन् ती मौन प्रश्न हुन् । तिनले मतदान मार्फत व्यक्त गरि दिन्छन्। तर ती दल भन्दा बाहिर मतको ध्वाङ थाप्नेहरु दूधले नुहाएका छन् त? यो प्रश्नको उत्तर कसले दिने ?
अगाडि भनें, दलका सबै नेता असल छैनन्, सबै नेता खराब पनि छैनन्। यो बुझ्न कठिन छ कि हाम्रो देशका को नेता वा स्वतन्त्र व्यक्ति नै पनि कहाँबाट निर्देशित छन्। कहाँबाट सञ्चालित छन्। असल नियतले नै दलका लोभि नेता वा पात्रलाई ठेगानमा राख्न चाहने मतदाताको मत कसैले कमाउने बस्तु त बनाएको छैन । नेपाली निर्वाचन इतिहासको एउटा पात्र बालेन सकारात्मक सोचबाट आए होलान् जसको मारमा एउटा असल राजनीतिक बिरासतमा, एउटा संस्कृतिको धरोहर सृजना सिंह परिन्। यद्दपि, एउटा वहस त्यहाँ पनि छ, उनी निर्वाचनमा सम्भावित परिणामको अध्ययन गरेर होमिईन वा कोपभाजनमा परिन्। एउटा पुसले जाडो जाँदैन। जे भयो भयो, बालेनजीको एउटाअभिभावक हो उहाँ, काठमाडौंको सांस्कृतिक पहिचान सहितको विकासमा उहाँहरुको सहकार्य रहनेछ।
देशको मुटु हो, काठमाडौं। यो बैभवमा हुर्किएको एउटा ठिटो : विद्रोही बनेर, देशमा राणा शासनको अन्त्य गर्न ज्यान दाउमा राखेन मात्रै जीवनभर संघर्ष गर्दै, पञ्चायती निरंकुशताको अन्त गर्ने क्रान्तिको नेतृत्व गर्दै खाली हात संसारबाट बिदा लियो। त्यही लौह पुरुष गणेशमान सिंहको सन्तानको एकमात्र सकृय नेता , आफैमा प्रजातान्त्रिक आन्दोलनको योद्धा, प्रकाशमान सिंह बिरुद्ध मित्रवत प्रतिस्पर्धा स्वभाविक होला । राजनीतिक इतिहासलाई कुल्चने गरि राष्ट्रिय यथार्थ भन्दा बाहिर गएर तुच्छ प्रतिस्पर्धा गर्ने हिम्मत मानिसहरुमा कहाँबाट आउँछ। उत्कृष्ट उत्तर हो; लोकतन्त्रमा हुन्छ । हो, लोकतन्त्रमा यो हुन्छ; त्यो नीतिमा हुन्छ। स्वस्थ प्रतिस्पर्धामा हुन्छ । त्यो गणेशमान, वीपी कोइराला, किसुनजी लगायतका नेता तथा शहिदको बलिदानबाट प्राप्त उपलब्धिले दिएको अधिकारको उपज हो ।
मलाई सधैं लागेको छ; प्रकाशमानसिंह, अब पाको नेता हो । पार्टीको आन्तरिक समिकरणमा उनले के निर्णय गरे, लोकतन्त्रबादी समर्थक,कार्यकर्ता र नेताले घोचिरहन सुहाउँदो कुरा होइन। सबै मानिसका सबै काम मैले भने अनुसार हुनुपर्छ, भन्ने पनि लोकतन्त्र होइन। एउटा कुरा सत्य हो; राष्ट्रिय नेतृत्व निर्माण गर्न देशले ठुलो लगानी गरेको हुन्छ। लगानी गरेर बनाएको त्यहि नेतृत्व कुनै विदेशी संस्था, विदेशी राष्ट्र वा एजेन्सीको मानिस पर्यो भने के होला देश ? हामीलाई प्रष्ट छैन र , नेपालले के कस्ता नेताहरु झेल्नु परेको छ ? कम्तिमा यी प्रकाशमानसिंह कुनै एजेन्सी वा विदेशीसंग नाम जोडिएको सुन्न पढ्न परेको छैन । नेवाः समुदाय जसको आफ्नो छुट्टै पहिचान छ, नेपाल र नेपाली माटो प्रति माया छ, यीनले राष्ट्रलाई हानि पुर्याउने काम त गर्ने छैनन्। हो, पटक पटक सत्ताको हिस्सेदार भए कतै आर्थिक प्रलोभनमा त परेनन् यद्यपि कामको चमत्कार गर्न सके सकेनन्। सबैलाई थाहा छ, यि नेपाललाई माया गर्ने नेपाली पहिचान सहितको विकास गर्न चाहने नेता हुन् भने एकपटक प्रधानमन्त्री बन्छन् नै भने अवसर काठमाडौंले किन नदिने ? काठमाडौंले काठमाडौंको पहिचान सहितको विकास, नेपाली परम्परा र सम्पदा संरक्षण सहितको विकासको खाका माग्नुपर्छ। यी नेताले जीवनमा एक पटक प्रधानमन्त्री बनेर केहि गर्छु भने भनेर अन्यथा लिनु अन्यायपूर्ण हुनेछ । प्रधानमन्त्री बनेर देश बनाउने चाहना सबैलाई छ। स्वभाविक नेतृत्वलाई विस्तापित गरेर एकै पटक लहडमा कोहि फस्ट म्यान बन्न सक्ने होइन। जसको सम्भावना छ; उनीहरु मध्य देशभक्त नेतालाई अवसर दिनु जनताको अधिकार हो। देशको पहिलो व्यक्ति कुनै पनि अन्तराष्ट्रिय संघ संगठन वा देशको एजेन्सीहरुसंग सम्बन्ध भएको हुनु हुदैन। जनताको नजर उसको कनेक्सनमा पुगेको हुनुपर्छ। हामीलाई थाहा छ; कयौं मानविय त्रुटि होलान्, नेता प्रकाशन मानसिंह, नेपाल र नेपाली प्रेमी नेता हो।
जनताले कहिल्यै धोका खानु हुदैन। नेपाली माटो निधारमा लगाएर देश बनाउने प्रण गरेको नेताले सहि संगत गर्ने र नागरिक प्रति उत्तरदायी बन्ने, गर्नैपर्छ। नेपाली नागरिकको तर्फबाट गणेशमान पुत्र भएर मात्रै होइन, राष्ट्रको कार्यकारी प्रमुख बन्ने धेय राखेको नेता स्पष्ट हुनैपर्छ। नागरिक संगको सम्वाद बढाउनु पर्छ। राष्ट्रियताको संरक्षण, नागरिक सुरक्षा तथा देशको उन्नतिको मार्ग के हो, जनतालाई बताउन पर्छ। जनताको चाहना पुरा गर्न तपाईंको के सुत्र छ, प्रष्ट सञ्चार माध्यममा आएका खबरका अनुसार सेभ नेपाल ग्लोबल एलाइन्स, इन्ष्टिच्यूट फर नेपाल, हाम्रो सानो प्रयास जस्ता राष्ट्रिय अन्तराष्ट्रिय संस्थासंग आबद्ध युवा पुकार बम, हेल्प नेपाल नेटवर्क जस्तो एनजिओ र बीबीसी जस्तो अन्तराष्ट्रिय रेडियोमा काम गरेका रविन्द्र मिश्र तथा देवेनपोर्ट युनिभर्सिटीबाट दीक्षित, नेपाल प्रहरी सेवाका निवृत्त अधिकारी रमेश खरेलहरु, प्रजातन्त्रको इतिहास बोकेको काठमाडौंको माटोमा हुर्किएको संस्कृतिप्रेमी एउटा सम्भावना बोकेको पाको नेतृत्वलाई किन आक्रमण गर्दैछन् राजनीतिक रुपले, बिचारणीय त्यहाँ छ। राजनीतिमा जे देखिन्छ त्यो सत्य नहुन सक्छ। मानिसका मानवीय स्वभाव हुन्छन् ।
प्रकाश मानसिंह मात्रै कार्यकारी प्रमुख बन्नु पर्छ भन्ने होइन। देशको ऐतिहासिक शहर तथा राजद्यानीले प्रमुख कार्यकारी पाउछ भने काठमाडौंले त्यो अवसर किन गुमाउने यहाँका जनताले ? मानिसहरु लोकतन्त्रको उपयोग गर्दै मतको ध्वाङ थाप्न त आउनु स्वभाविक हो। अस्वभाविक त एउटा राष्ट्रिय नेतृत्व विस्तापित गर्न खेलिने अस्वभाविक र नसुहाउँदो पर्दा भित्रको खेल हो । यस्तो गलत खेलको शिकार राष्ट्रिय नेतालाई बनाइनु हुदैन। देशभक्तले हार्ने होइन जितेर देशको रक्षा गर्नु पर्छ। राष्ट्र निर्माणमा स्वछ छविका नेताको नेतृत्व जरुरी हुन्छ जुन प्रकाशमान सिंहबाट मात्रै सम्भब छ । काठमाडौंले बुझेको छ, जसले सतह मात्रै देखेको छ, उसले राजनीतिको यो आलेखले देखेको खतरा बुझोस् भन्ने पंक्तिकारको चाहना हो । देशले जितोस्, बस् ।
प्रकाश मानसिंहका मानवीय कमजोरी नभएका होइनन्। स्वभाविक रुपमा समयको प्रवाहलाई बुझ्न उनले सक्नुपर्छ । पार्टी भित्र अहिले सम्म आफ्नो सहयोगी रहेको वा नरहेको आधारमा विभेद गर्नु हुदैन। इतिहास गौरब हो भने भविष्य आशा। जनता र कार्यकर्तामा आशा जागृत गराउने, समयको आवाज बोल्नु र इमान्दारीताको कसिमा आफुलाई समाहित गराउनु राजनेताको पहिचान हो। साँघुरो गल्लीमा ठुला गाडि गुडाउन सकिँदैन, त्यसैले देश निर्माणको बृहत यात्रा फराकिलो छाति र दिमागले मात्रै सम्भब छ । यहि अनुसार आफुलाई साझ र निर्विकल्प बनाउन उहाँको बुद्धिमतापूर्ण कर्मको अपेक्षा अनपेक्षित होइन भन्ने उहाँले बुझेर अगाडि बढ्नु पर्छ। सम्भब छ, अझै प्रकाश मानसिंहको नेतृत्व।
प्रतिक्रिया