कोरियाको सिओलमा भागदौड हुँदा १५१ जनाकाे मृत्यु
कोरियाको सिओलमा भागदौड हुँदा १५१ जनाकाे मृत्यु
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । दक्षिण कोरियाको राजधानी सिओलमा भएको भागदौडमा कम्तीमा १५१ जनाकाे मृत्यु भएकाे छ भने ७६ जना घाइते भएका छन्। घटना शनिबार साँझको हो। हलाेविन पर्व मनाउने क्रममा दुर्घटना भएकाे हाे।
अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये अधिकांश किशोर र २० वर्षका थिए। विदेशी सञ्चारमाध्यमका अनुसार भीडमा करिब एक लाख मानिस थिए। प्रत्यक्षदर्शीहरूले प्रदर्शनकारीहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीले संघर्ष गरिरहेको बताए।
काेराेना महामारीपछि उक्त क्षेत्रमा पहिलाेपटक यति धेरै संख्यामा मानिस जम्मा भएका थिए। राजधानीको लोकप्रिय क्षेत्र इटावनको साँघुरो गल्लीमा दुर्घटना भएकाे हाे।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले घटनाको छानबिन गर्न आदेश दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वका धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।
प्रतिक्रिया