२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पेलेले मेसीलाई बधाई दिँदै भनेः ‘बधाई अर्जेन्टिना, डियोगो मुस्कुराइरहेका होलान्’

पेलेले मेसीलाई बधाई दिँदै भनेः ‘बधाई अर्जेन्टिना, डियोगो मुस्कुराइरहेका होलान्’

गण्डकी टाइम्स
सोमवार, पौष ४ २०७९
गण्डकी टाइम्स
सोमवार, पौष ४ २०७९
  • काठमाडौँ, ४ पुस । विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पेलेले लियोनेल मेसीलाई विश्वकप जितेको बधाई दिएका छन्। उनले मेसीलाई बधाई दिँदै उनी उपाधिको सर्वाधिक ठूलो हकदार भएको बताए। उनले भने, ‘आज पनि फुटबलले आफ्नो कथा आफ्नै सुन्दर, आकर्षक र मझेदार तरिकाले पस्किरहेको छ। मेसीले आफ्नो पहिलो विश्वकप जितेका छन्। उनी यसका लागि प्रतिक्षित र योग्य पनि हुन्।’ उनले एम्बाप्पेप्रति समेत सहानुभुति व्यक्त गरेका छन्। पेलेले भने, ‘मेरो प्यारो साथी एम्बाप्पे तिमीले फाइनलमा गरेको चार गोल हेर्न पाउनेहरुका लागि भविष्यमा हाम्रो खेलका लागि कति ठूलो उपहार हुनेछ।’ साथै उनले अफ्रिकन टिम मोरक्कोले गरेको प्रदर्शनका लागि समेत अफ्रिकन टिमलाई बधाई दिए। उनले भने, ‘मोरक्कोले देखाएको प्रदर्शनले चम्किरहेको अफ्रिका देखाएको छ। उसको अविश्वसनीय यात्राका लागि बधाई नदिइरहन सकिन्न।’ उनले अन्तमा भने, ‘बधाई अर्जेन्टिना ! डियोगो मुस्कुराइरहेका होलान्।’ पेले पछिल्लो समय अस्वस्थ भएपछि अस्पतालमा उपचार गराइरहेका छन्। ८२ वर्षीय पेलेले पछिल्लो समय अस्पतालबाटै विश्वकप हेरिरहेको बताएका थिए  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij