२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मन्त्री किराँतीले महानिर्देशकलाई भने : बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउँछु

मन्त्री किराँतीले महानिर्देशकलाई भने : बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउँछु

गण्डकी टाइम्स
शुक्रवार, माघ ६ २०७९
गण्डकी टाइम्स
शुक्रवार, माघ ६ २०७९
  • काठमाडौं, ६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणभित्र अनिमितताको हल्ला सुनिएकोे भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने चेतावनी दिएका छन् । शुक्रबार नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यो वास्तविक भए मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताएका हुन् । उनले भने, ‘हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता छ । यसलाई सबैले ख्याल गर्नुपर्छ । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजोमात्रै समिति बनेको छ । अब ती समितिका सदस्यहरुसँग छलफल हुन्छ । आधारभूत कुरामा कुनै पनि सम्झौता हुँदैन । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’ किराँतीले आफू पैसाको लागि राजनीति गर्न नआएको भन्दै अनिमिततामा लागेका कर्मचारीलाई कुनैपनि हालतमा नछाड्ने बताए । नीति भन्दा विपरीत नजान उनले कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले भने, ‘मेरो बुवा ब्रिटिस आर्मी हो । मन्त्रीका लागि राजनीति गरेको होइन । नीतिको कारण आयो भने मलाई भन्दा हुन्छ । म काम गर्न आएको हो । काम गर्ने वातावरण बन्छ वा बन्दैन मलाई थाहा छैन । काम गर्दा कुनै अवरोध भयो भने कुनैलाई पनि हालतमा छोड्नेवाला छैन । नीति भन्दा बाहिर कोही पनि नजानुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij