२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र डा. सन्दूकविच भेट : तिलगङ्गालाई मानित विश्वविद्यालय बनाउने प्रतिवद्धता

प्रधानमन्त्री प्रचण्ड र डा. सन्दूकविच भेट : तिलगङ्गालाई मानित विश्वविद्यालय बनाउने प्रतिवद्धता

गण्डकी टाइम्स
शनिवार, माघ ७ २०७९
गण्डकी टाइम्स
शनिवार, माघ ७ २०७९
  • काठमाडौँ, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त फरेका हुन् । “मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।” उनले भने, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।” भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए । “यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ” उनले भने, “मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो।” प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे। भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij