२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अहंकारी मेयर बालेन : कलाकार दीपकराजलाई पनि फर्काए ओठे जवाफ

अहंकारी मेयर बालेन : कलाकार दीपकराजलाई पनि फर्काए ओठे जवाफ

गण्डकी टाइम्स
मंगलवार, माघ १० २०७९
गण्डकी टाइम्स
मंगलवार, माघ १० २०७९
  • काठमाडौँ, १० माघ । काठमाडौंका मेयर बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमा जुहारी खेल्न थालेका छन् । उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले आलोचना खेपी रहेका छन्। हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए। तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन्। गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन्। उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं।’ यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्। उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij