२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रविको नागरिकता प्रकरण कानुनी राज्य छ भन्ने गतिलो उदाहरण : कोइराला

रविको नागरिकता प्रकरण कानुनी राज्य छ भन्ने गतिलो उदाहरण : कोइराला

गण्डकी टाइम्स
शनिवार, माघ १४ २०७९
गण्डकी टाइम्स
शनिवार, माघ १४ २०७९
  • विराटनगर, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रवि लामिछानेको नागरिकता प्रकरणले देशमा कानुनी राज्य छ भनेर गतिलो उदाहरण देखाएको बताएका छन्। आज विराटनगरमा आयोजित नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटनमा नेता कोइरालाले आफू गृहमन्त्री भएकाले लामिछानेले आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि त्यसलाई चिर्दै अदालतले सही न्याय सम्पादन गरेको बताए। मुलुकबाट न्याय मरिसकेको भनेर न्यायलयप्रतिको घट्दो विश्वासलाई शुक्रबार सर्वाेच्च अदालतले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको नेता कोइरालाको भनाइ छ। अर्को एक प्रंसगमा नेता कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिले प्रमुख प्रतिपक्ष भए पनि कुनै पनि बेला सरकारको नेतृत्व गर्न सक्ने दाबी गरे। उनले आगामी राष्ट्रपतिको चुनावमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन्। पार्टीभित्र उम्मेदवारका विषयमा छलफल चलिरहेको र नाम टुंगो नलागे पनि उम्मेदवारी दिनेमा भने कांग्रेस प्रस्ट रहेको उनको भनाइ छ। उनले संविधान भन्दा माथि कोही हुन नसक्ने भएपनि बर्तमन राष्ट्रपतिले गरेको असंवैधानिक क्रिक्रयाकलापले राज्य सञ्चालनमा ‘चेक एन्ड ब्यालेन्स’का निम्ति सत्ताबाहिरको दलबाट राष्ट्रपति हुन आवश्यक भएको दाबी पनि गरे।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij