२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

धनुषामा हिरासतकाे पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये १ जना पक्राउ

धनुषामा हिरासतकाे पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये १ जना पक्राउ

गण्डकी टाइम्स
सोमवार, माघ १६ २०७९
गण्डकी टाइम्स
सोमवार, माघ १६ २०७९
  • जनकपुरधाम, १७ माघ । धनुषाको इलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका-६ का रोशन महतो रहेका छन्। उनी हातहतियार तथा खरखजना मुद्दामा प्रहरीको हिरासत थिए।‍‍ आइतबार राती हिरासतकाे पर्खाल फाेरेर ६ जना कैदी भागेका थिए। भाग्नेमध्ये १ जना पक्राउ परेपनि पाँचजना अझै फरार छन्। हिरासतबाट फरार भएका पाँच जना अभियुक्तहरूको खाेजिकार्य भइरहेकाे‍ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए। घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले डिएसपी क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिसमेत गठन गरिएकाे छ। मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ। निलम्बित हुनेमा हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij