२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

गण्डकी टाइम्स
आइतवार, माघ २२ २०७९
गण्डकी टाइम्स
आइतवार, माघ २२ २०७९
  • काठमाडौँ, २२ माघ । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै धम्कीपूर्ण अभिव्यक्तिको कडा कडा शब्दमा निन्दा गरेको छ। महासंघले विज्ञप्ति प्रकाशित गरी ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’ भनेको छ। संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको ठहर छ। ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’ महासंघले भनेको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ।’ महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने पनि स्पष्ट पारेको छ। सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ। महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघले जोडदार माग गरेको छ। यस्तै, नेपाल प्रेस युनियनले पनि लामिछानेको अभिव्यक्तिप्रति विरोध गरेको छ। युनियनले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘नेपाली राजनीति र समाजका अन्य सबै क्षेत्रमा कमजोरीहरु छन्, त्यसमा सञ्चारमाध्यम पनि अछुतो नहोला। पत्रकारिताका कमी कमजारीलाई विधि, पद्धतीबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनयिन राख्दछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij