मसालको आरोप : `रविको संलग्नता अमेरिका र सीआईएसँग छ´
मसालको आरोप : `रविको संलग्नता अमेरिका र सीआईएसँग छ´
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २४ माघ । नेकपा (मसाल) ले निवर्तमान गृहमन्त्री रवि लामिछानेको संलग्नता अमेरिकी ‘साम्राज्यवाद’ र सीआईएसँग भएको जनाएको छ।
मसालले रविको नागरिकता र पासपोर्टप्रति सबैको ध्यान गएको तर, उनको अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नतातर्फ ध्यान नगएको जनाएको छ। उनको अमेरिकी संलग्नता नेपालको राजनीतिमा अत्यन्त घातक रहेको मसालको ठहर छ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद दिएका छन्।
गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पने कार्यप्रति वर्तमान सत्ता गठबन्धनले जवाफ दिनुपर्ने मसालले बताएको छ। प्रधानमन्त्री दाहालले रविलाई पुनः गृहमन्त्री नबनाएर केही हदसम्म आफ्नो गल्ती सच्याएको वक्तव्यमा उल्लेख छ।
नेपाली सञ्चार क्षेत्रले रविप्रति सही राजनीतिक दृष्टिकोण अपनाएकोमा पनि मसालले धन्यवाद दिएको छ।
प्रतिक्रिया