२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह आयोजना

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह आयोजना

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ५ २०७९
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ५ २०७९
  • काठमाडौं, ६ फागुन । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।महाशिवरात्रीको अवसर पारेर देशैभर विभिन्न कार्यक्रम आयोजना गरि दुई दशकदेखि सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिदै छ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदै छन् । सैनिक मञ्च टुँडिखेलमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । टुँडिखेलमा मुख्य समारोहमा राष्ट्रप्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij