२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मोलुङ हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

मोलुङ हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ९ २०७९
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ९ २०७९
  • काठमाडौँ, १० फागुन । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज फागुन १० गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो। यो मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij