२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आजबाट स्ववियु निर्वाचन प्रक्रिया शुरु

आजबाट स्ववियु निर्वाचन प्रक्रिया शुरु

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १८ २०७९
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १८ २०७९
  • काठमाडौँ, १९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रीबी) ले आगामी चैत ५ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया आज शुक्रबारदेखि शुरु गरेको छ । निर्वाचनका लागि प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक रहने गरी निर्वाचन समिति गठन गरिएको छ। सो समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रीवीका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। चैत ५ गते देशभरका त्रीवीका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्ने समयसीमा तोकिएको छ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्ने जनाएको छ। सो नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले बताए । उनका अनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुने कार्यतालिका छ। सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गरिने छ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। सोही दिन साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने छ। प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइनेछ । सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ। विद्यार्थी सङ्घ सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ । त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ। मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रीबी स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ। निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि गर्ने कार्यतालिका रहेको अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij