सञ्चार माध्यमले जनताको भाषा बोल्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार माध्यमले जनताको भाषा बोल्नुपर्छ : सञ्चारमन्त्री शर्मा
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १९ २०७९
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १९ २०७९
काठमाडौं, १९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार माध्यमले जनताको भाषा बोल्नुपर्ने बताएकी छिन् । प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा नेताहरुसंगको भेटघाटमा उनले सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले सुधार्नुपर्ने कामको बारेमा खबरदारी गर्नुपर्ने बताइन् ।
त्यस अबसरमा मन्त्री शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको समेत बताएकी छिन् । उनले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तनमा जोड दिएुको बताएकी हुन् ।
ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अगाडि बढे पनि यी सूचना सञ्चारको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई संघीय लोकतानित्तक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले कानुन परिमार्जनमा जोड दिइएको उनले बताइन् ।
सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चारलगायतका ऐन निर्माणको तयारीमा रहेको जानकारी दिंदै उनले आम सञ्चारलाई थप परिस्कृत र व्यवस्थित गर्नु आवश्यक रहेको बताइन् । सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्ने उल्लेख गर्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले सुधार्नुपर्ने कामको बारेमा खबरदारी गर्नुपर्ने बताइन् ।
संविधान, कानुन र राज्यले गरेका निर्णयले निर्णयलाई जनताको बिचमा लैजाने सञ्चारमाध्यमको दायित्व भएको उल्लेख गर्दै उनले जनताले राज्यबाट पाएका सुविधा र गुनासोको पनि यथार्थ जानकारी लिएर जनता र राज्यबिच पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन ।
सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन ठूलो सवाल भएको र यो जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र संचना निर्माण गर्न आफू जुटेको मन्त्री शर्माले जानकारी दिइन् । भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उनले साइवर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिइन् ।
प्रतिक्रिया