२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेवातालमा डुंगा पल्टियो, ६ जनाको सकुशल उद्दार

फेवातालमा डुंगा पल्टियो, ६ जनाको सकुशल उद्दार

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
  • पोखरा, २० फागुन । हावाहुरीका कारण कास्कीको फेवातालमा डुंगामा पल्टिएको छ । शनिबार अपराह्न सवा ४ बजे ६ जना सवार डुंगा तालमा पल्टिएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी बेद जोशीले जानकारी दिए । डुंगामा सवार सबैको उद्दार भइसकेको छ । सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्दार गरेको हो । डुंगामा सवारमध्ये पोखराकै याममाया गिरीलाई गण्डकी मेडिकल कलेज लगिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए । शनिबार नै तालमा कायकिङ गरिरहेका युवायुवती पनि मौसम बिग्रेर छाल आएपछि पल्टिएका थिए । उनीहरूको पनि सशस्त्र प्रहरीले उद्दार गरेको छ । `उहाँहरू पल्टिएपछि आफ्नै डुंगामा समातेर बस्नुभएको थियो । पछि उद्दार भयो,´ बैदामका डीएसपी जोशीले भने । कायकिङ गर्दा तालमा पल्टिएकाहरू काठमाडौं महाराजगञ्जका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij